Thursday, 13th August, 2020

लकडाउन अवधिभरि शेयर बजार बन्द हुने

काठमाडौं । लकडाउनको अवधि बढेसँगै शेयर बजार थप बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले घरी घरी निर्देशन दिनु नपर्ने गरी पछिल्लो समय निर्देशन दिएकाले लकडाउन अवधिभरि शेयर बजार बन्द हुने भएको हो ।  

पूँजी बजारको नियामक निकाय बोर्डले लकडाउन अवधि भर शेयर बजार बन्द गर्न भन्दै निर्देशन दिएको हो । सोही निर्देशनको आधारमा नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभरि बन्द गर्ने जनाएको छ । सरकारले लकडाउन अवधि बढाएर जेठ ३२ गतेसम्म पुर्याएको छ ।

विश्व शेयर बजार खुलै रहेको भए पनि लगानीकर्ताको माग बमोजिम धितोपत्र बोर्डले शेयर बजार बन्द गरेको हो । उसले पछिल्लो समय कारोबार खोल्दा लगानीकर्ताको उल्लेख्य उपस्थिति नभएपछि बन्दलाई निरन्तरता दिएको थियो । जबसम्म पुरै लकडाउन खुल्दैन तबसम्म बजार बन्द नै गर्नुपर्ने लगानीकर्ता माग छ । सोही बमोजिम सरकारले पूर्ण रूपमा लकडाउन नखोलेसम्म शेयर बजार बन्द गरिने भएको हो ।

शेयर बजार बन्द गर्दा लगानीकर्तालाई कुनै समस्या नभएको सङ्गठित लगानीकर्ताले बताउँदै आएका छन् । बन्दको अवधिमा बजार खोले बरु समस्या थपिने हुने उनीहरूको तर्क छ । विश्व बजारको प्रिन्सिपलमा बजार चल्नु पर्ने भए पनि नेपाली लगानीकर्ता प्रविधि मैत्री नभएको, लगानीकर्ता कारोबारमा अभ्यस्त नभएको, हिँडडुल गर्न अप्ठ्यारो हुने भएकोले बजार बन्दै गर्नुपर्ने उनीहरूले बताउने गरेका छन् ।

शेयर कारोबार गर्न सरकारले सहजीकरण नगरेको, ब्रोकर कम्पनीलाई पर्याप्तf सुविधा नदिएको, पास उपलब्ध नगराएको, लगानीकर्तालाई समेत सरकारले पास नदिएको लगानीकर्ताको आरोप छ । सबै लगानीकर्तालाई सरकारले पास उपलब्ध गराउनु पर्ने उनीहरूको माग छ ।

पछिल्लो समय धितोपत्र बोर्डले दिएका निर्देशन समेत तत्कालका कार्यान्वयन नहुने भएकोले त्यसलाई समेत उनीहरूले कार्यान्वयन लान नहुने माग राखेको छन् । बोर्डले शेयर बिक्री भएपछि लगानीकर्ताको खातामै पैसा पठाइदिनु पर्ने निर्देशन दिएको थियो । उसले डिम्याट नवीकरणलाई पछि भुक्तानी गरिदिने व्यवस्था गरेको थियो ।

खाता खोल्दा निःशुल्क गरिदिएको थियो। कनेक्ट आइपिएसलाई प्राथमिकतामा राखेको थियो। जुन यतिबेला कार्यान्वयन गर्न नहुने माग लगानीकर्ताले गरेका छन् । निश्चित कम्पनीको शेयर त्यही कम्पनीले किन्न पाउनु पर्ने समेत लगानीकर्ताको माग छ । यसले बजारलाई चलायमान बनाउने उनीहरूको भनाई छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता