Thursday, 13th August, 2020

पूूँजीगत लाभकरबारे छलफल गर्न अर्थमन्त्री तयार

काठमाडौं । पूूँजीगत लाभकरका विषयमा छलफल गर्न अर्थमन्त्री तयार भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित वेबिनारमा अर्थमन्त्री डा युुवराज खतिवडाले सेयर बजारमा तिर्नुपर्ने ५ प्रतिशत लाभकरका विषयमा अझै केही सुुधार गर्ने वा मिलाउने पक्षमा प्रतिबद्धता जाहेर गरेका हुुन् ।

यसको अर्थ उनले पूूँजीगत लाभकर अन्तिम करका रुपमा हुुनुुपर्ने लगानीकर्ताहरुको मागलाई सहज र सरल बनाउन छलफलबाट मिलाउने जिकिर गरेका छन् । गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेटबाट पूूँजीगत लाभकरलाई ७ प्रतिशतबाट घटाई ५ प्रतिशत बनाइए तापनि सोही लाभकरलाई अन्तिम करका रुपमा परिभाषित हुुनुुपर्ने ब्रोकर र लगानीकर्ताहरुले माग गर्दै आएका छन् ।

यसैगरी लकडाउनसँगै बन्द रहेको बजार कहिले खुल्छ र खुलेपछि के होला भन्ने आम चासोको विषय बनेको छ। एकातिर मालपोत कार्यालय तथा सुनचाँदी पसल समेत खुलिसकेको अवस्थामा पुँजीबजार अझै बन्द हुँदा बजारको विश्वसनीयतामाथि प्रश्नचिन्ह उब्जिएको छ । अर्कोतिर राज्यले दैनिक लाखौ राजस्व गुमाइरहेको छ । 

यसैगरी स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले उक्त्त समारोहलाई सम्बोधन गर्दै  बोर्ड स्वयम्, नेप्से, सिडिएससि, मर्चेन्ट बैकरहरु, डि पि, तथा ब्रोकरहरुले आफनो आम्दानी गुमाउनु परेको छ भने लगानीकर्ताहरु खरिदबिक्री गर्नबाट बञ्चित हुनु परेको बताए । बजार बन्द गर्नुपर्ने अवस्था आउनु आफैंमा दुःखदायी भहेको  र  यसमा सबैले आफ्नो कमजोरी रहेको स्वीकार गर्नुपर्ने, यसलाई पाठको रुपमा लिएर धितोपत्रको दोस्रो बजारमा आगामी दिनमा यस्तो अवस्था सिर्जना हुन नदिनका लागि एकअर्कामा दोषारोपण गर्नु भन्दा पनि आ–आफ्नो दायीत्वबोध गर्दै अगाडि बढ्नुपर्ने बताए । 

बजारलाई चलायमान बनाउन तथा अस्वभाविक हुने उतार चढावलाई रोक्न बजारमा विभिन्न औजारहरु हुनुपर्नेमा हाम्रो बजारमा हाल त्यस्ता औजारहरुको अभावका कारण यसलाई नीति तथा नियमले कन्ट्रोल गर्नुपर्ने आवश्यक्ता छ, यसमा समयअनुसार बोर्डले नीति नियम बनाई तथा सम्बन्धित पक्षसँग समन्वय गरी बजार सञ्चालन गर्नुपर्ने रानाभाटले बताए । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता