Saturday, 17th April, 2021

साताको अन्तिम दिन नेप्से १० अंक बढ्यो

एफपीओ निष्काशनको तयारीमा रहेको मिर्मिरे माइक्रोफाइनान्समा पनि लगानीकर्ताहरु आकर्षित देखिएका छन्। मर्जर तथा एक्विजिशनका कारण लामो समयसम्म कारोबार रोक्का रहेको यस लघुवित्तको शेयर कारोबार साउन ७ गते नेप्सेले फुक्का गरेको थियो।

यस दिन मल्टीपर्पस फाइनान्स र हिमालयन उर्जाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। बिहीबार सेन्सेटिभ इण्डेक्स ०.७४ अंक बढेर ३०३.९० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१७ अंक बढेको छ ।

यस दिन १८७ कम्पनीको २८ हजार ६४९ पटकको कारोबारमा एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार रुपैयाँ बराबरको ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर खरिदबिक्री भएको छ ।कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। यी दुबै कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

कारोबारमा आएका १२ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।  


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...