Saturday, 26th September, 2020

समय थपपछि नेप्सेको उकालो यात्रा जारी

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा सेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ बजे कारोबार सुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ बजेसम्म जारी रहेको थियो ।

समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो । नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो । थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४.६४ विन्दुले बढेर एक हजार ४६२.६७ मा पुगेको छ । नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ । सेन्सेटिभ परिसूचक ०.८० ले घटेर २९६.२९ मा पुगेको छ ।

कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता सेयर रु एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर ओरालो लागेको छ । त्यसमा बैंकिङ ७.४४, विकास बैंक ०.४५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटे ।

यस्तै व्यापार १८.०७, होटल ०.६३, जलविद्युत् ९.३९, वित्त १.६२, निर्जीवन बीमा ९४.३, उत्पादन २६.५६, अन्य २६.१३, लघुवित्त २.३७ र जीवन बीमा २६.३२ अङ्कले बढेको छ ।स्टकका अनुसार आइतबार कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ३२ लाख १० हजार २३५ बराबरको कारोबार भयो ।

यस्तै एनआरएन इन्फ्रास्ट्रकचर रु ११ करोड ८४ लाख ९० हजार १३०, नेको इन्स्योरेन्स रु आठ करोड ४४ लाख ५० हजार १७७ र शिवम् सिमेन्ट रु सात करोड ८९ लाख ८९ हजार ५८० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, कारोबारका आधारमा आइतबार एनआरएन इन्फ्रास्ट्रकचर ९.७६, नेपाल पुनरबीमा कम्पनी ८.६०, सिद्धार्थ इन्स्योरेन्स ८.१८, उन्नति सहकार्य लघुवित्त ७.९८, हिमालयन पावर पार्टनर ७.६४ र अरुण काबेली पावरका लगानीकर्ताले ७.६३ प्रतिशतले कमाए ।

त्यस्तै, तारागाउँ रिजेन्सी होटल ५.१६, लक्ष्मी इक्विटी फण्ड ३.६६, मल्पिर्पस फिनान्स कम्पनी ३.५४, युनियन हाइड्रोपावर ३.५१ र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...