Wednesday, 2nd December, 2020

दशैँ विदा अगाडी नेप्से सूचक १६ सयमाथि

काठमाडौँ । दशैँ विदा अगाडीको अन्तिम दिनको शेयर कारोबारमा नेप्से सूचक बढेको छ । सो दिनको कारोबारमा सूचक ८.५४ अंकले बढेर १६०६.२५ को बिन्दुमा पुगेको हो । १८७ कम्पनीको ६४ लाख ५७ हजार ८ सय ३३ कित्ता शेयर कारोबारबाट १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९ सय १९ रुपैयाँको कारोबार भएको छ । 

कारोबारमा आएका होटेल, हाइड्रो, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्ड बाहेकका समुहगत सूचक बढेका छन् । कुमारी बैंकको सबै भन्दा धेरै १४ करोड १५ लाख ४५ हजारको कारोबार भंएको छ भने एनआईसी एसिया बैंकको ९ करोड ८५ लाख बराबरको कारोबार भएको छ । बढी कारोबार हुने अन्य कम्पनीमा अपि पावर, प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, एनएमबि बैंक लगायत रहेका छन् ।

कारोबारमा जनरल इन्स्योरेन्सको शेयर मूल्य ९.८९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको शेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ । आज माउन्टेन हाइड्रोका लगानीकर्ताले सर्बाधिक ३.६१ प्रतिशत गुमाएका छन् भने रैरांग हाइड्रोका  लगानीकर्ताले ३ प्रतिशत गुमाएका छन् ।

अब दशैँ बिदापछि कार्तिक २ गतेबाट शेयर बजार पुन: सुचारु हुने छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...