वाणिज्य बैंकहरुको आकर्षणले नेप्सेमा उछाल

काठमाडौँ । दशैं लगत्तै खुलेको बजारमा लगानीकर्ताहरु एकाएक वाणिज्य बैंकहरुको शेयरतर्फ मोडिएका छन् । विभिन्न उपसमुहका सूचकहरु एक पछि अर्को गर्दै उकालो लाग्दा वाणिज्य बैंकहरुको सूचकमा लामो समयदेखि तिब्र सुधार देखिएको थिएन ।
तर दशैं अघि वाणिज्य बैंकमा तिब्र सुधार आउने सामान्य संकेत देखिएकोमा बुधबारदेखि त्यसको असर देखिएको छ । सेयर बजारको लागि चाडपर्वको अवधि ‘अफ सिजन’ मानिन्छ । दशैंको घटस्थापनादेखि छठपर्वसम्मै यस्तो अवस्था विगतका वर्षहरुमा देखिन्थ्यो ।
आम जनतामा चाडपर्वको रौनक नसकिने भएकोले यो अवधिमा सेयर बजारमा कारोबार रकम ज्यादै न्यून हुने गथ्र्यो । कारोबार रकम मात्रै नभएर सेयर बजार सूचकमा समेत यो अवधिमा उल्लेख्य उतारचढाव भएको पाइँदैन ।
५ दिनको बिदापछि बुधबार पहिलोपटक खुलेको बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण रह्यो । बुधबार नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१.२० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । यो करिब २.५७ प्रतिशतको वृद्धि हो ।
बुधबार नेप्से परिसूचक मात्रै नभएर यस अन्तर्गतका सबै सूचक र व्यापारमूलक क्षेत्र बाहेकका सबै उपसूचक समेत बढेको छ । बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगेको छ । विकास बैंक समूहमा २.९१ प्रतिशत बाहेक अन्य उपसूचकमा भने सामान्य बढोत्तरी देखिएको छ ।
कोरोनाका कारण परेको असरले बैंक वित्तीय संस्थालाई पनि असर पार्ने आँकलन भईरहेका बेला असोज मसान्तसम्मको हिसाबलाई गत आर्थिक वर्षको अन्त्यसम्म तान्न मिल्ने व्यवस्था भयो । जसका कारण्ण बैंक वित्तीय संस्थाले एक पछि अर्को गर्दै औषतमा १४ प्रतिशत प्रतिफल घोषणा गर्न थालेका छन् ।
सस्तो मूल्यका वाणिज्य बैंकहरुको शेयरबाट मुद्धती निक्षेपको भन्दा राम्रो प्रतिफल पाउने अवस्था देखिएका कारण लगानीकर्ताको सक्रियता वाणिज्य बैंकमा देखिएको हो ।

काठमाडौँ । दशैँ विदा अगाडीको अन्तिम दिनको शेयर कारोबारमा नेप्से सूचक बढेको छ । सो दिनको कारोबारमा सूचक ८.५४ अंकले बढेर १६०६.२५ को बिन्दुमा पुगेको हो । १८७ कम्पनीको ६४ लाख ५७ हजार ८ सय...

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ।आवेदकमध्ये २ लाख ७३ हजार जनाले १०/१० कित्ताको दरले सेयर पाएका छन् । कम्पनीले सर्वसाधारणका लागि २७ लाख ३० हजार...

काठमाडौं । धितोपत्रको दोस्रो बजार प्रभावित पार्न पछिल्लो समय अडलटमा कारोबार गर्ने प्रवृत्ति दिनानुदिन बढिरहेको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड(जीआइसी)को सेयर यही साता...

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट ६० करोड रुपैयाँ बराबरको ६० कित्ता साधारण शेयर (आईपीओ) निष्काशनका लागि नियामक धितोपत्र बोर्डसँग अनुमति...

काठमाडौं । यो हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सूचकांक १३ दशमलब ३७ अंकले घटेको छ । आइतबार कारोबार दई अर्ब ३९ करोड ५४ लाख रुपैयाँ बराबरको भएको छ । आइतबार अधिकांश...

काठमाडाैं । लिबर्टी इनर्जीको आइपीओ सोमबार बाँडफाँट भएको हो । यसमा सबैभन्दा धेरै २५ हजार ६२० जनाले ४० कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै, ४८ हजार २२१ आवेदकले ३० कित्ता र ४५ हजार ४८...

काठमाडौं । आज भाद्र १५ गते सोमबार १० कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्किट लेभलमा कारोबार भएका १० कम्पनीहरुमध्ये ७ वटा जलविद्युत कम्पनी रहेका छन्। यस...

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा सेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ बजे कारोबार सुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ बजेसम्म...

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा दुई दिनमै दुई गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे सम्ममा करीव २...

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.१३ अंक बढेर एक हजार ४४२.६१ विन्दुमा पुगेको छ। यस दिन बजार बढ्दा ४ कम्पनीहरुको शेयरमूल्यमा सकारात्म क सर्किट लागेको...

काठमाडौं । पूूँजीगत लाभकरका विषयमा छलफल गर्न अर्थमन्त्री तयार भएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजित वेबिनारमा अर्थमन्त्री डा युुवराज...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...