Monday, 20th September, 2021

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । दुवै कम्पनीले एक आपसमा मर्जमा जाने सम्झौता गरेपछि शेयर कारोबार रोक्का भएको हो । 

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धि विनियमावली, २०७३ को विनियम ६ को (१) बमोजिम दुवै बैंकको शेयर कारोबार आज बैशाख ३१ देखि लागु हुने गरि रोक्का राखिएको नेप्सेले जनाएको छ । 

दुई बैंकबीच बिहिबार मर्जर सम्झौता भएको हो ।  सम्झौतामा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले हस्ताक्षर गरेका छन् । दुवै बैंक १:१ को स्वापमा मर्जमा जाने भएका हुन् । 

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा हाल नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने सहमति भएको छ भने हिमालयन बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अशोक राणा सीईओ हुने सहमति भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे डेपुटी सीइओ हुने छन् ।

यस अघि मर्जरपछि बन्ने बैंकमा  मुख्य कार्यकारी अधिकृत र प्रमुख कार्यकारी अधिकृत गरि २ सीइओ राख्ने बारे बैंकमा छलफल भएको थियो । तर राष्ट्र बैंकले त्यस्तो नहुने मौखिक जानकारी गराएपछि एक जना सीइओ र एक जना डेपुटी सीइओ हुने गरि सहमति भएको हो । आगामी दुई महिनाभित्र प्रक्रिया सक्ने गरी काम गर्ने सहमति भएको छ ।

दुई दशकदेखि हिमालयन बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका अशोक राणा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेका साला हुन्। पाण्डेका ससुरा हिमालय शम्शेर राणा हिमालयन बैंकमा अहिले पनि संचालक समितिको प्रमुख सल्लाहकारका रूपमा छन्।  मर्जरपछि बैंकको कुल चुक्तापुँजी २६ अर्ब ९४ करोड पुग्ने छ भने नेपालको सबैभन्दा ठुलो बैंक बन्ने छ । 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...