Friday, 14th August, 2020

नेपाली महिला भलिबल टोली बंगलादेश पुग्यो

काठमाडौं । बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला भलिबल टोली बिहीबार बंगलादेश पुगेको छ । १२ खेलाडीसहितको १५ सदस्यीय नेपाली टोली स्थानीय दिउँसो २ बजे ढाका आइपुगको हो ।

नेपाल भलिबल संघले मंगलबार मात्रै ६ नयाँ खेलाडीलाई समेट्दै १२ सदस्यीय नेपाली टोली घोषणा गरेको थियो । थाइल्यान्डमा १९ दिनसम्मको प्रशिक्षण र ७ अभ्यास खेलबाट सेन्ट्रल जोनका लागि अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको नेपाल भलिबल संघले जनाएको छ ।

टोलीका लागि निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, सुनिता खड्का, पुनम चन्द र सलिना श्रेष्ठले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उषा भण्डारी, संगम महतो, शान्ति तामाङ, आरती सुवेदी, शान्ति थारु र हीरा केसीले स्थान बनाउन सकेनन् ।

नेपालले २४ कात्र्तिकमा माल्दिभ्ससँग खेल्दै सेन्ट्रल जोनको सुरुआत गर्नेछ । २५ कात्र्तिकमा अफगानिस्तान, २६ कात्र्तिकमा किर्गिस्तान र २७ कात्र्तिकमा आयोजक बंगलादेशसँग खेल्नेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको लागि खेल हुनेछ ।

च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानको सहभागिता रहेको छ । सेन्ट्रल जोन च्याम्पियनसिपलाई मंसिरमा नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद सागको तयारीको रूपमा हेरिएको छ । १३औँ साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार












स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता