Saturday, 27th November, 2021

आहा रारा गोल्ड कप बिहीबारदेखि पोखराना सुरु

काठमाडौँ । सहारा क्लबको आयोजनामा बिहीबार (फागुन २२ गते)देखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष केशवबहादुर थापाले यस वर्षको खेलमा विदेशी एकसहित १० टोली सहभागी हुने जानकारी दिए।

प्रतियोगितामा विजेता टोलीले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार पुरस्कार पाउने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा एक करोड १८ लाख रुपैयाँ आम्दानी र एक करोड रुपैयाँँ खर्च हुने अनुमान गरिएको छ।

प्रतियोगिताबाट बचत हुने रकम क्लबबाट सञ्चालित सहारा एकेडेमीमा खर्च गरिने उनले जानकारी दिए । त्यस्तै सहारा क्लबले यस वर्ष राष्ट्रिय टिमका खेलाडी सुजल श्रेष्ठलाई ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ।

सहाराले हरेक वर्ष फुटबल खेलाडीलाई सम्मान गर्दै आएको छ। श्रेष्ठलाई ३५ हजार रुपैयाँ, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिने छ। प्रतियोगिता आगामी चैत १ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । रासस 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...