Tuesday, 2nd June, 2020

कोरोनाले सम्पूर्ण खेलकूदका कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदोक्रमा रहेको त्यसप्रति सजग रहन खेलकूदका कार्यक्रम स्थगिथ गरिएको हो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

राखेप प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई न्यूनीकरण गर्न राखेपले खेल कार्यक्रम स्थगित गर्ने निर्णय गर्नपरेको बताए । सुरु नभएका खेलकूद प्रतियोगिता तथा कार्यक्रम रोक्न सम्बन्धित खेलकूद संघसंस्था तथा सरोकारवाला निकायलाई अनुरोध गरिएका उनले बताए ।

हाल सञ्चालन भइरहेका कार्यक्रम निर्धारित तालिकाअनुसार नै सम्पन्न हुने जनाइएको छ । दर्शकको भीड रहने भएकाले खेलूदका कार्यक्रम अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्नुपरेको राखेपले जनाएको छ ।

मन्त्री विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको प्रभाव र जोखिमलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता