Tuesday, 2nd June, 2020

आर्मीलाई हराउदै मनाङ मर्स्याङदी क्लव फाइनलमा

पोखरा । पोखरामा जारी १८ औ आहारारा गोल्डकपको दोस्रो सेमी फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउदै मनाङ मर्स्याङदी क्लव फाइनलमा पुगेको छ । आज बिहिवार भएको खेलमा मनाङ मर्स्याङदीले त्रिभुवन आर्मीलाई २ को विरुद्द ३ गोललेपराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

मनाङको जितमाका लागि विदेशी खेलाडी फ्लोरेन्टले खेलको ४ मिनेटमै गोलको खाता खोलेका थिए । यसै गरी मनाङका लागी बिमल रानाले २९ मिनेटमा दोसो  गोल गर्दै २ – ० को अग्रता दिलाएका थिए  आर्मीका लागी निकै दवाबमा रहेको खेलमा ४१ औ मिनेटमा भरत खवासले गोल गर्दै अन्तर घटाएका थिए ।

पहिलो हाफ २–१ अन्तरमा सकिएकोमा निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट थप १–१ गोल निस्केपछि आर्मीको बराबरी गर्ने अवसर समेत चुक्यो । खेलको ८१ औं मिनेटमा मनाङका लागि अञ्जन बिष्टले गोल गर्दै ३–१ को स्कोरमा लगे ।

त्यसको २ मिनेट नबित्दै आर्मीका लागि दीप थापाले विपक्षी पोष्टमा बल प्रहार गरेको बल सिधै जाली चुमेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा मनाङका फ्लोरेन्ट म्यान अफ दी म्याच हुँदै नगद १० हजार पुरस्कार पाए ।शनिबार मनाङ र नेपाल पुलिसको विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछ । लिगमा समेत मनाङले आर्मीलाई पराजित गरेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता