Tuesday, 2nd June, 2020

जापानमा हुने टोकियो ओलम्पिक स्थगित

काठमाडौँ । जुलाईमा जापानको टोकियोमा हुने तय भएको ओलम्पिक खेल सरेको छ ।जापानी प्रधानमन्त्री आबे सिन्जोले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग खेल स्थगित गर्ने सहमतिमा आफू पुगेको जानकारी दिएका छन् ।

उनले कमिटीका अध्यक्ष थोमस बाखसँग सहमति गरेका हुन् । आबेले ओलम्पिक कमसे कम एक वर्षलाई सर्ने बताएका छन् ।

कोरोना भाइरस महामारीका कारण ओलम्पिक सार्न विभिन्न मुलुकले दबाब दिँदै आएका थिए। तर, जापानी अधिकारीहरु यसका लागि तयार भएका थिएनन् ।

हालै क्यानडाले निर्धारित समयमै खेल भए आफ्ना खेलाडी सहभागी नहुने बताएको थियो । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता