Tuesday, 20th October, 2020

झगडा गर्ने टोटनह्यामका खेलाडीमाथि उजुरी

काठमाडौँ ।  इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका मिडफिल्डर एरिक डियरमाथि फुटबल एसोसिएसनले उजुरी दर्ता गरेको छ । गएको मार्चमा भएको एफए कप अन्तर्गतको खेलपछि रंगशालाको सिटमाथि चठेर दर्शकसँग झगडा गर्न पुगेको घटनामा एसोसिएनले उनीविरुद्ध उजुरी दर्ता गरेको हो ।

मार्च ४ मा घरेलु मैदानमा भएको एफए कपको पाँचौँ चरणको खेलमा टोटनह्याम नर्विच सिटीसँग पेनाल्टीमा पराजित भएको थियो । सो खेलसकिएपछि दर्शकसँग झगडा गर्न पुगेका एरिकले एफएको इ ३ नियम उल्लंघन गरेको अभियोग छ । खेलसकिएपछिको उनको गतिविधि अनुपयुक्त र चेतावनी पूर्ण रहेको निष्कर्षमा एफए पुगेको हो ।

एरिकलाई सो अभियोगमा आफ्नो सफाइ दिनका लागि मे ८ सम्मको समय छ । मार्च ४ को सो खेलमा एरिकले पेनाल्टीमा गोल गरेका थिए । तर नर्विचका गोलरक्षक टिम क्रुलले दुईवटा प्रहार जोगाएर टिमलाई एफए कपको क्वाटरफाइनलमा लगेका हुन् ।

सो खेलपछि प्रतिक्रिया दिने क्रममा टोटनह्यामका प्रशिक्षक जोसे मोरिन्होले दर्शकले एरिकलाई अपमानित गरेपछि सो घटना भएको बताएका थिए । उनले व्यवसायिक खेलाडीहरुले त्यस्तो गर्न नहुने बताएका उनले र पनि आफू खेलाडीकै पक्षमा रहेको भनेका थिए ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...