राखेप सदस्य सचिवका लागि ३ जनाकाे नाम सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदकालागि ३ जनाको नाम सिफारसमा परेको छ । जसमध्य रमेश कुमार सिलवाल, लिल बहादुर थापा र अन्जु श्रेष्ठको नाम सिफारिस कमिटिले युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई बुझएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव राम थपलियाको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले नाम बुझाएको हो ।
रमेश कुमार सिलवाल तत्कालीन सदस्य सचिव हुन र उनी नेपाली क्रिकेटसँग पनि सम्बन्धित व्यक्ति हुन । लील बहादुर थापा नेपाल भलिबल संघका उपाध्यक्ष र पुर्व खेलाडी हुन् भने अन्जु श्रेष्ठ राष्ट्रिय महिला भलिबल टिमकी पुर्व कप्तान हुन । मन्त्रालयले सिफारिस भएका तीन जनाको नाम सदस्य सचिव नियुक्तिका लागि मन्त्री परिषदमा पेश गर्नेछ । आगामी मन्त्री परिषदको बैठकले तीन मध्ये एकलाई चार वर्षकोलागि सदस्य सचिव नियुक्त गर्नेछ ।
प्रधानमन्त्री केपी ओली निकट रमेश कुमार सिलवालको संभावना सबैभन्दा बढी छ । नयाँ ऐन अगाडि सिलवाल नै सदस्य सचिवको पदमा थिए । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार भने करिब ७५ प्रतिशतले घटेको छ । यो सँगै सदस्य सचिवले प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य हुनेछ । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ । ऐनमा सदस्य सचिव बन्नकोलागि नेपाली नागरिक, स्नातक तह उत्तीर्ण, खेलकुदको क्षेत्रमा पाँच वर्ष काम गरेको, प्रचलित कानुनले अयोग्य नभएको र ३० वर्ष पुरा भएको पाँच योग्यता तोकेको छ ।
सदस्य सचिवका लागि बिभिन्न २७ जनाको दर्खास्त परेपछि छनौटको आधारमा सिफारिस समितिले स्पष्ट पार्न सकेन । ऐन र प्रक्रिया नयाँ भएपनि राजनैतिक दबाब भने स्पष्ट देखियो । नयाँ ऐन लागु भएसँगै राष्ट्रिय खेलकुद परिषद्को बोर्ड र त्यस अन्तर्गतका सबै संरचाना कानुनी रूपमा स्वत खारेज भएका थिए । राष्ट्रिय खेलकुद परिषद् कै ईतिहासमा पहिलो पटक दर्खास्त दिएर सदस्य सचिवको चयन हुन लागेको हो ।
नयाँ खेलकुद ऐन २०७७ अनुसार तीन महिला सहित २७ जनाले दर्खास्त दिएका थिए । तीन महिलामा मीना श्रेष्ठ, अन्जु श्रेष्ठ र नीलम बज्राचार्य रहेका छन थिए भने दर्खास्त दिने अन्यमा रमेश कुमार सिलवाल, रोशन महर्जन, अनिल अधिकारी, हर्क बहादुर राई, शिव राज भट्ट, लिल बहादुर थापा, अच्युतम लामिछाने, रविराज कर्णिकार, मेघराज पौडेल, रामेश्वर श्रेष्ठ, अच्युत खनाल, मन बहादुर गुरुङ, विजय कुमार राय, सानु राजा केसी, किशोर शाही, सुदिल शाही, रमेशमान डंगोल, ध्रुव राज न्यौपाने, खेम राज अधिकारी, राम पुडासैनी, सुनिल नकर्मी, रण बहादुर चन्द, दिपेन्द्र ढकाल र तेज बहादुर गुरुङ रहेका थिए ।

काठमाडौं । कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेइविरुद्ध २–० गोलको जित निकालेको हो। नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरेका थिए। खेल शुरू भएको चार मिनेटमै अन्जनले...

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना...

काठमाडौं । कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको छ । पहिला ब्यटिङ गर्दै...

काठमाडौँ । कोरोना भाइरसका कारण स्थगित भएको स्पेनिस ला लिगा जुन दोस्रो सातादेखि सुचारू हुने भएको छ । लिगका खेल आगामी जुन १२ देखि हुने भएको हो । सो दिन डर्बी भिडन्तमा सेभिल्ला र रियल...

काठमाडौँ । इंग्लिस प्रिमियर लिग क्लब टोटनह्यामका मिडफिल्डर एरिक डियरमाथि फुटबल एसोसिएसनले उजुरी दर्ता गरेको छ । गएको मार्चमा भएको एफए कप अन्तर्गतको खेलपछि रंगशालाको सिटमाथि चठेर...

काठमाडौँ । ब्राजिलका पूर्वफुटबल स्टार खेलाडी रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । जाली राहदानी प्रयोग गरेर पाराग्वे प्रवेश गरेको आरोपमा पक्राउ परेका उनलाई मंगलबार जेलमुक्त गरिएको हो ।...

काठमाडौँ । जुलाईमा जापानको टोकियोमा हुने तय भएको ओलम्पिक खेल सरेको छ ।जापानी प्रधानमन्त्री आबे सिन्जोले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँग खेल स्थगित गर्ने सहमतिमा आफू पुगेको...

पोखरा । पोखरामा जारी १८ औ आहारारा गोल्डकपको दोस्रो सेमी फाइनल खेलमा त्रिभुवन आर्मी क्लवलाई हराउदै मनाङ मर्स्याङदी क्लव फाइनलमा पुगेको छ । आज बिहिवार भएको खेलमा मनाङ मर्स्याङदीले...

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलँदोक्रमा रहेको त्यसप्रति सजग रहन खेलकूदका कार्यक्रम...

काठमाडौँ । बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेट स्थगित भएको छ । कोरोना भाइरसका कारण अर्को सूचना नआउँदासम्म प्रतियोगिता स्थगित गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता...

काठमाडौँ । सहारा क्लबको आयोजनामा बिहीबार (फागुन २२ गते)देखि पोखरामा १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता हुँदैछ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...