Saturday, 26th September, 2020

दोस्रो टि–२० मा इंग्ल्यान्ड ५ विकेटले विजयी

काठमाडौं  कप्तान इओन मोर्गन र डेविड मलानले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टिम इंग्ल्यान्डले टि–२० सिरिजको दोस्रो खेलमा पाकिस्तानलाई ५ विकेटले हराएको छ । पहिला ब्यटिङ गर्दै पाकिस्तानले दिएको १९६ रनको विशाल लक्ष्य इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो ।

मोर्गनले ६६ रन बनाए भने मलानले ५४ रनको इनिङ खेले । ३३ बल खेलेका मोर्गनले ६ चौका र छक्का प्रहार गरे भने मलानले ३६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे ।  उनीहरुले तेस्रो विकेटका लागि मोर्गन र मलानले ११२ रनको शतकीय साझेदारी गरेका थिए ।

यस्तै बेइस्टोले २४ बलमा ४४ रन बनाउँदा बान्टोनले २० रन बनाए । पाकिस्तानका शादब खानले ३ तथा ह्यारिस रउफले २ विकेट लिए ।  यसअघि पाकिस्तानले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । उसका लागि मोहम्मद हाफिज र कप्तान बाबर अजामले अर्धशतकीय इनिङ खेले । हाफिजले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६९ रन बनाए भने अजामले ४४ बलमा ७ चौकाको सहयोगमा ५६ रन बनाए ।

यस्तै फखर जमानले ३६ रन बनाए । इंग्ल्यानडका अदिल रसिदले २ विकेट लिए ।  योसँगै तीन खेलको टि–२० सिरिजमा इंग्ल्यान्डले १–०को अग्रता लिएको छ । पहिलो टि–२० वर्षाका कारण रद्द भएको थियो । तेस्रो तथा अन्तिम टि–२० मंगलबार म्यान्चेस्टरमा हुने छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...