Saturday, 28th March, 2020

रुसी विमानमा आगाे लाग्दा ४१ जनाको मृत्यु

मस्को  रुसको मस्कोस्थित सेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ ।

रुसी राष्ट्रिय ध्वजाबाहक 'एयरोफ्लोट'को 'सुखोई एसएसजे-१००' विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए। विमान अवतरण हुने क्रममा ठूलो आगलागी भएको थियो ।

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले विमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिइन्। तर, स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताएकी छिन्।

उता 'एयरोफ्लोट' कम्पनीले आफ्नाे वेबसाइटमा दुर्घटनामा जीवित रहेका भन्दै ३३ जनाकाे मात्रै नाम प्रकाशित गरेकाे छ। साे क्रममा कम्पनीले आपतकालिन टेलिफाेन नम्बर समेत सार्वजनिक गरेकाे थियाे।  

कम्पनीले घाइतेहरुका परिवारजनलाई निशुल्क राजधानी मस्काेसमेत पुर्‍याइने जनाइएकाे छ। भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो।

सेरेमेट्येभो विमानस्थलबाट उत्तरी सहर मरमान्स्कका लागि उडेको उक्त विमानमा प्राविधिक समस्या रहेको भन्दै सेरेमेट्येभो फर्किएको थियो। विमानस्थलमा जबर्जस्ती उत्रनासाथ विमानमा आगो लागेको थियो।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुनेका परिवारजनमा समवेदना अर्पण गरेका छन्। रिपोटका अनुसार विमानलाई आकस्मिक अवतरण गर्ने पाइलटहरुकाे पहिलाे प्रयास असफल भएकाे थियाे। ट्रेकिङ वेबसाइट 'फ्लाइटरडार 24' का अनुसार विमान उडकाे करिब आधा घन्टा भित्रै आकस्मिक अवतरणकाे प्रयास गरिएकाे थियाे।

दाेस्राे पटककाे अवतरणका क्रममा भने विमान ग्राउन्डेड नहुँदै विमानमा आगाे लागेकाे भिडियाे फुटेजमा देखिएकाे छ। एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता