Saturday, 28th March, 2020

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै

काठमाडौं । विद्युतको राष्ट्रिय प्रशारण लाईनमा सोलुखुम्बु जिल्ला जोडिने भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाको लाम्मानेमा निर्माण गरिएको सब-स्टेशनमार्फत् सोलुखुम्बुलाई केन्द्रिय प्रशारण लाईनमा जोड्न लागिएको हो ।

राष्ट्रिय प्रसारण लाइनमा सोलुखुम्बुलाई जोड्ने कार्यक्रमको भोलि शनिबार संघीय सांसद हेमकुमार राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम केरुङ्को पत्तालेमा हुनेछ । तिङ्लाबाट पत्तालेसम्म विस्तार गरिएको लोटेन्सनबाट विद्युत वितरण गर्न सकिने भएपछि उद्घाटनको कार्यक्रम राखिएको विद्युत प्राधिकरणले जनाएको छ । १३२ केभिए प्रशारण लाईन निर्माणको चरणमा रहेकाले तत्काल उत्पादित विद्युत खपत गर्ने उद्देश्यले ११ केभिए प्रशारण लाईन मार्फत् वितरण गरिने गरिने प्राधिकरण सल्लेरी वितरण केन्द्रले जनाएको छ ।

हाल सोलुखोलामा निर्माणाधिन चार आयोजनाहरुमध्ये अधिकांशको निर्माण कार्य ६० प्रतिशत भन्दा माथि रहेको बताईएको छ । यस्तै २३.३ मेगावाट क्षमताको माथिल्लो सोलुखोलाले भने परिक्षण उत्पादन गरिसकेको छ ।

जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई
उज्यालो जिल्ला अभियानमा लागेको बताउँने सोलुखुम्बुका संघिय सांसद हेमकुमार राई ९शुरबीर०ले जिल्लामा चालुआर्थिक बर्षमानै कार्यालय स्थापना गरी केन्द्रिय प्रशारण लाईन बिस्तार गर्न सफल हुनु जिल्लाबासीको लागि उपलब्धी भएको बताए । उनले सोलुदुधकुण्ड नगरपालिकाको केही वडा, नेचासल्यान र थुलुङदुधकोशीमा विद्युत विस्तार गर्ने गरी बजेट व्यवस्था भई कार्यन्वयन चरणमा रहेको बताउँदै आगामी केही बर्ष भित्र जिल्लाको सबै क्षेत्रमा विद्युत पु¥याउने दाबी गरे । ग्रामीण विद्युतीकरणको लागि मात्रै जिल्लामा करिब ७५ करोड बढी बजेट ल्याउन सफल भएको सांसद राईको भनाई छ ।

सोलुका हरेक नागरिकको घरघरमा विद्युत नपुगेसम्म बाहिर जान दिदैनौ - राजभण्डारी
प्रदेश सांसद एवम् नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आफहरु निर्वाचित भएदेखीनै सोलुखोलामा उत्पादित विद्युत हरेक नागरिकको घरघरमा नपुगेसम्म बाहिर लान नदिने अडान दोहोर्याए । उनले बाहिर हल्ला भएजस्तो उद्घाटन गर्ने बित्तिकै जिल्लामा विद्युत नबाल्ने र सबै बाहिर जाने कार्य कुनैपनि हालतमा नहुने बताए । उज्योलो जिल्ला बनाउने सबालमा सबै एक ढिक्का भएर लागेको राजभण्डारीको भनाई छ ।

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा
ग्रामीण विद्युतीकरणको शनिबार उद्घटन हुने भएपछि सामाजिक सञ्जालमा पक्ष बिपक्ष बीचको तर्क प्रस्तुत भईरहेको छ । कतै यसको खुलेर प्रशंसा गरिएको छ कतै बिरोध र आपत्ती समेत जनाईएको छ । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत उद्घाटन कार्यक्रमलाई झारो टार्नेको संज्ञा दिएकाछन् । उनले सोलुदुधकुण्ड नगरपालिकाको अति प्रबाभित क्षेत्र तिङ्ला, केरुङ्, टाप्टिङ्, गोराखाननी र अन्य गाउँपालिकामा विधुत लाईन बिस्तारको काम शुरु नभएको भन्दै जनताको घरदैलोसम्म बिधुत लाईन नपुर्याइ झारो टार्न औपचारिक्ता मात्र पुरा गर्ने उद्घाटन कार्यक्रममा आफू सहभागी नहुने बताएकाछन् ।

उद्घाटनको टुंगो लागे लगत्तै सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाका केही व्यक्तिहरुले हस्ताक्षर संकलन गरेर ध्यानकर्षण गराएका छन् । उनीहरुले उद्घाटन कार्यक्रम स्थगित गर्न गर्न माग गरेकाछन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता