Saturday, 28th March, 2020

देश्भरका एनसेल टावरमा श्रृंखलाबद्ध आक्रमण

काठमाडौँ । अज्ञात समूहले देशका विभिन्न स्थानमा रहेका एनसेलको बीटीएस टावरमा आगजनी गरेको छ । एकैपटक चितवन, पाल्पा, सिन्धुली र रामेछापको टावरमा आगजनी भएको हो। आगजनीका कारण टावर पूर्ण रूपमा क्षति भएको छ । खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ ।

आइतबार राति १०:४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने समूहको खोजी भइरहेको उनले बताए ।

यस्तै सिन्धुलीको मरिण गाउँपालिका–७ मा रहेको एनसेलको टावरमा आगजनी भएको छ । गएराति एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार एनसेलको टावर पूर्णरूपमा क्षति भएको छ ।

उनका अनुसार टावरमा कसले आगजनी गर्‍यो भन्ने खुल्न सकेको छैन। घटनामा संलग्नको खोजी भइरहेको र घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै गएराति रामेछाप जिल्लामा पनि एक एनसेल टावरमा आगजनी भएको छ । अज्ञात समूहद्वारा दोरम्बा गाउँपालिका–७ गुम्सीमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनका अनुसार टावरमा रहेका तारहरू जलेर क्षति पुगेको छ । घटनामा संलग्नको खोजी भइरहेको छ। यस्तै पाल्पाको बगनासकाली गाउँपालिका–९ स्थित बगनासडाँडामा रहेको एनसेलको टावरमा आगजनी भएको छ । आइतबार राति करीब पौने १० बजेको समयमा टावरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दीपेन्द्र जिसीले बताए ।

आगलागीबाट टावरमा पूर्णरूपमा क्षति पुगेको छ । बोरामा खर राखेर आगो सल्काएको पाइएको छ । टावरको जेनेरेटर, बीटीएस सिस्टम, जीएसएम एन्टेना, ब्याट्री प्यानल, मिटरबक्ससहित तार पूर्णरूपमा जलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको  छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार













स्वास्थ्य/शिक्षा

काठमाडौं । चितवनको भरतपुर अस्पतालले कोरोना प्रमाणित भएका बिरामीकाे...


काठमाडौं । चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको...


काठमाडौं । कोरोना भाइरस (कोभिड –१९) को उपचारका लागि पाटन अस्पताल तयार भएको...


काठमाडौँ । चितवनको भरतपुरस्थित कोरोना अस्पतालमा मंगलबार मृत्यु भएका...


काठमाडौँ । सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय...


काठमाडौं । सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता