Saturday, 30th May, 2020

महामारीकाबीच चिनियाँद्वारा सगरमाथा आरोहण सुरु

काठमाडौँ । कोरोना भाइरसको विश्व महामारीकाबीच चिनियाँ आरोहीहरूले सगरमाथा आरोहण अभियान सुरु गरेका छन् । कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै चीनले विदेशी पर्वतारोहीलाई भने सगरमाथा आरोहणमा रोक लगाएको छ ।

नेपाल-चीन सीमा रहेको संसारको सबैभन्दा अग्लो हिमाल दुबैतर्फबाट चढ्न मिल्छ ।कोरोना भाइरसको महामारी बढ्दै गएपछि नेपालले भने स्वदेशी तथा विदेशी दुबैका लागि यस मौसमको सबै सगरमाथा आरोहण अभियानहरू बन्द गरेको छ ।

सगरमाथा आरोहण गर्नका लागि यतिबेला दुई दर्जनको संख्यामा चिनियाँ पर्वतारोहीहरू शुक्रबारसम्म बेसक्याम्प पुगिसकेको हुने चाइना-तिब्बत पर्वातारोहण संघको सम्पर्कमा रहेका अभियान अपरेटरहरूले जनाएका छन् ।

चिनियाँ आरोहीहरू आरोहण सफल भएमा चिनियाँहरूमात्र सगरमाथा चढेको यो दुर्लभ अवसर हुनेछ । यसअघि सन् १९६०को वसन्त ऋतुमा चिनियाँहरूमात्र सगरमाथाको चुचुरोमा पुगेका थिए । त्यतिबेला भारतीयहरूले चुचुरोमा पुग्ने प्रयास गरेको भएपनि सफल भएका थिएनन् ।

अब चिनियाँ आरोहीहरूले सगरमाथा चढ्नु अगाडि आफूलाई उचाइसँग घुलमिल गराउन क्याम्पहरूको बीचमा ओहोरदोहोर गर्नेछन्। यसका लागि उनीहरूलाई कम्तीमा एक महिनाको समय लाग्नेछ।

त्यसपछि आरोहीहरू आफू अनुकुलको मौसम हेरेर सगरमाथा आरोहण गर्नेछन् जुन प्रायजसो मे महिना सक्किनु अगावै हुनेछ । तीन महिना अगाडि कोरोना भाइरसको संक्रमण मध्य चीनबाट सुरु भएको थियो । त्यसयता भाइरसबाट चीनमा ३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

हाल चीनले आफ्नो देशमा भाइरसको संक्रमणनियन्त्रणमा आएको जनाएको छ भने महामारीको उद्गमस्थल हुबेई प्रान्तको वुहानलाई विस्तारै सामान्य अवस्थामा ल्याउन सुरु गरेको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता