Saturday, 30th May, 2020

पर्यटन क्षेत्रलाई उकास्न कर्मचारीलाई घुम्न पठाउने योजना

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोनाका कारण धर्मराएको पर्यटन क्षेत्र उकास्न नयाँ नयाँ रणनीति बनाउनु पर्ने बताउनु भएको छ । उहाँले कोरोनाको महामारी कम भए पनि अबको केही समय विश्वभरका पर्यटक ठूलो संख्यामा घुम्न नसक्ने भन्दै आन्तरिक पर्यटनलाई जोड दिनुपर्ने बताउनु भयो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको भिडियो कन्फ्रेन्समा मन्त्री भट्टराईले सरकारले धेरै योजना बनाएको र त्यसमध्ये एउटा सबै सरकारी कर्मचारीलाई बिदा दिएर घुम्न पठाउने र आन्तरिक पर्यटन बलियो बनाएर आर्थिक चहल पहल बनाउने पनि रहेको बताउनु भयो । ‘तत्कालै अन्तर्राष्ट्रिय पर्यटकको बाढी नै नआउन सक्छ, त्यो अवस्थामा हामीले आन्तरिक पर्यटनमा जोड दिँदै, हामीले पर्यटन बिदा दिने सोच बनाएका छौं, आर्मी, पुलिस, शिक्षक, कर्मचारी, र सबै संगठित र असंगठित क्षेत्रका कर्मचारीलाई एक महिना बिदा दिएमा केही चहलपहल बढाउन सक्छौं’, मन्त्री भट्टराईले भन्नुभयो ।

मन्त्री भट्टराईले होटल लगायतका क्षेत्रमा कार्यरत जन शक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताउनु भयो । उहाँका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाई, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडि बढ्ने समेत बताउनु भयो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


काठमाडौं । देशभर आज आइतबार थप १९ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता