Tuesday, 2nd June, 2020

होटल व्यवसायका लागि विशेष ब्यावस्था गर्न माग

काठमाडौँ  होटल एशोसिएशन अफ नेपाल (हान) ले होटल व्यवसाय धरापमा पर्ने अवस्थामा पुगेकाले विशेष नीति ल्याउन माग गरेको छ । हानले बिहीबार विज्ञप्ति जारी गर्दै होटल मजदुरको तलब, बैंकको ऋण, ब्याज, विद्युतीय महशुल, कर, घरभाडा लगायतका क्षेत्रलाई समेटेर विशेष नीति ल्याउन होटल एशोसियसन अफ नेपालले सरकारसँग माग गरेको हो ।

कोरोना भाइरसका कारणले सन् २०२० भर जम्मा १० प्रतिशत मात्रै व्यापार हुने अनुमान गर्नुका साथै स्पेन, अष्ट्रेलिया र यूरोपका केही देशले सन् २०२० भर नै नागरिकलाई ट्राभल एजभाइजारी जारी गरेको र सन् २०२१ बाट मात्रै अन्तराष्ट्रिय हवाई उडान नियमित हुने देखिएकाले होटलको आम्दानी ९० प्रतिशतले कम हुने हानले जनाएको छ ।

यस्तै हानले यस्तो अवस्थामा मजदुरको तलब, ऋण, ब्याज, करलगायतमा राज्यले उचित नीति बनाएर छुटको ब्यवस्था गर्नु पर्ने माग गरेको छ । हानका अनुसार सन् २००३ देखि २००५ सम्म पनि सार्स भाइरसको कारण होटलको आम्दानीमा ५० प्रतिशतले कमी आएको थियो।

यसका कारणले होटल बन्द भएका थिए । तर यसपटक त्यो भन्दा पनि कोरोना भाइरसको अवस्था भयावह रहेकाले सरकारलाई हानले सचेत गराएको जनाएइको छ ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट...


काठमाडौँ । भारतबाट स्वदेश फर्किने नेपालीहरुको संख्या बढिरहँदा...


काठमाडौं । नेपालमा थप १७० जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि...


काठमाडौँ । प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा...


काठमाडौँ । जनकपुरधाममा सोमबारदेखि पुनः कोरोना परीक्षण सुरु भएको छ ।...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता