Thursday, 24th June, 2021

लकडाउनपछि इटलीमा पर्यटक आगमन खुला

काठमाडौं । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गरेको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो ।

गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो । पर्यटकहरूले भेनिस समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् ।

तर ठूलो सङ्ख्यामा मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको इटाली भ्रमण गर्न पर्यटकलाई त्यति सहज भने हुने छैन । युरोपकै अन्य देश पनि महामारीको चपेटामा परेकाले निर्बाध र निःसंकोच इटाली घुम्न पर्यटकलाई मानसिक तनाब हुने अनुमान गरिएको छ ।

युरोपमै कोरोना भाइरसका कारण हटस्पटका रुपमा रहेको इटालीमा शुरुआती दिनहरूमा ठूलो सङ्ख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना सङ्क्रमितको सङ्ख्या ठूलो थियो । हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस फैलन नदिने उपायस्वरुप इटालीले मार्च महिनाको शुरुआतदेखि नै लकडाउन जारी गरेको थियो ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...