बिहिबारदेखि देशैभरीका होटल व्यवसाय खुल्ने

काठमाडौँ । आजबाट औपचारीक रुपमै होटल व्यवसाय खुल्ने भएका छन् । गत चैत्र ११ गते देखि मुलक पूर्णतः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट पुनः सञ्चालनमा आउने भएका हुन् ।
आजै राजधानीका केही तारे होटलसहित साना तथा मझौला होटल तथा रेष्टुरेन्टहरु सञ्चालन आउने भएका छन् । काठमाडौँस्थित साङ्ग्रीला, -याडिसन, होटल मल्ल लगायत तारे होटलहरुले व्यवसाय सञ्चालनको पूर्ण तयारी गरेका छन् । त्यस्तै अन्य साना तथा पर्यटकमैत्री डिलक्स होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरुले समेत यतिखेर व्यवसायमा फर्किने तयारी गरिरहेका छन् ।
तर यता होटल व्यवसायीहरुको छाता संगठन होटल एशोसिएशन नेपाल(हान)ले भने सरकारले व्यवसायमा फर्कन आह्वान गरेपनि वातावरण सहज भइनसकेकाले आफुहरु पर्ख र हेरको अवस्थामा रहेको बताएको छ ।
एशोसिएशनको तर्फबाट रातोपाटीसँग कुरा गर्दै अध्यक्ष सिर्जना राणाले कोभिड–१९ को संक्रमण र सन्त्रास रहेकै बेला व्यवसायमा फर्किनु पर्दा बजारको अवस्थालाई हेरेर व्यवसाय सञ्चालन गर्ने बताइन् ।
‘अहिले वातावरण सहज भइसकेको अवस्था होइन । अहिले पनि कोभिड–१९ को संक्रमण र सन्त्रास उत्तिकै छ । कोरोनाको भयकै बीच सरकारले होटल व्यवसाय खोल्नु भनेकाले हामी व्यवसायमा फर्किदै छौँ । तर पूर्णरुपमा व्यवसाय खोल्ने अवस्था अझै बनिसकेको छैन ।’
अध्यक्ष राणाले भनिन्, ‘सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान समेत खोल्ने निर्णय गरेकाले होटलको आवश्यकता र सम्भावनालाई मध्यनजर गर्दै हामी व्यवसायमा फर्किन तयार भएका छौँ, तर आंशिक मात्रै ।’
अध्यक्ष राणाका अनुसार पहिलो चरणमा २० प्रतिशत होटल सञ्चालन ल्याइने तयारी भएको छ । त्यसपछि भने बजार र व्यवसायीक अवस्थालाई हेरेर बाँकी होटलहरु पनि सञ्चालनमा ल्याइनेछ । तर, व्यवसाय संचालन गर्ने÷नगर्ने निर्णय भने स्वःनिर्णयका आधारमा स्वयम् व्यवसायीलाई नै सुम्पिएको अध्यक्ष राणाले बताइन् ।
यता, साना तथा मझौला होटल तथा पर्यटन व्यवसायीहरुले पनि व्यवसाय पुनः सञ्चालनको तीब्र तयारी थालेका छन् । सरकारी निर्णयबमोजिम नै श्रावण १५ गतेदेखि नै व्यवसाय सञ्चालन गर्न विभिन्न संघ संगठनहरुले आफु मातहतमा व्यवसायीहरुलाई आह्वान गरिसकेका छन् ।
यस्तैमा होटल तथा पर्यटन व्यवसायी महासंघले सातै प्रदेश र ७७ वटै जिल्लामा रहेका आफ्ना सदस्य होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन आह्वान गरिसकेको छ ।कोभिड–१९ का कारण व्यवसायमा परेको प्रभाव तथा समस्याका बारेमा सोमबार र मंगलबार राजधानीमा समीक्षा गर्दै महासंघले भावी रणनीतिसहित देशैभरीका होटल व्यवसायीहरुलाई व्यवसायमा फर्कन आह्वान गरेको हो ।
भावी रणनीतिबारे जानकारी दिँदै होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले अहिलेको विषम परिस्थितिमा होटल व्यवसायमा यावत समस्या भएपनि उक्त समस्यासँग जुधेर भएपनि अघि बढ्ने निर्णय भएको बताए ।
‘अहिले हामी व्यवसायीहरुसँग समस्याका चाङ छन् । कोभिड–१९ सँगै व्यवसाय बन्द हुँदा, सो समयको घर भाडा, कर्मचारी खर्च तथा व्यवसायका लागि गरिएको बैंकिङ्ग लगानीको मुद्दाहरु समस्याका रुपमा छन् । यी विषयहरुलाई व्यवस्थापन गर्न निकै गाह्रो परिरहेको अवस्था छ । र पनि हामीले हरेस मानेका छैनौँ ।’
अध्यक्ष उप्रतीले भने, यी यावत् समस्याहरुलाई फेस गरेर भनेपनि हामी पुनः व्यवसायमा फर्किन्छौँ । अहिले हामी व्यवसायीहरु बीच यसै खालको सहमति भएको छ । बाँकी समस्याहरु विस्तारै सल्टाउँदै जाने छौँ,’ उप्रेतीले भने ।

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले पदभार ग्रहण गरेका छन्। शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद...

काठमाडौँ । सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न भएको छ । पर्यटन विभागले वसन्त ऋतुको पर्वतारोहण सम्पन्न गरी आरोही फर्किने क्रममा रहेको जानकारी दिएको छ। विभागकी निर्देशक मिरा...

पोखरा । पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले राहत सामग्री वितरण गरेको छ । कोरोना...

काठमाडौं । नयाँ भेरियन्ट सहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला...

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ ।स्विट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको ज्यान गएको पर्यटन विभागकी निर्देशक एवम् सगरमाथा...

काठमाडौं । पेरुले एकजना पर्यटकका लागि विश्व सम्पदा सूचीमा परेको माछुपिछु सात महिनापछि खुलाएको छ । सात महिनासम्म माछुपिछु भ्रमणका लागि कुरेका जापानी पर्यटकका लागि उक्त क्षेत्र...

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ। विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७...

काठमाडौं । बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन अनुमति पाएका छन् । राजकुमार शेख नसिर बिन हमाद अल खालिफा कोरोनाको प्रकोपकै बेला हिमाल चढ्नको लागि नेपाल आउन लागेका हुन्...

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन...

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज तेस्रो पटक अस्टे«लियामा चार्टर्ड उडान गर्दै छ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी...
काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...
काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...