काठमाडौँमा ५ लाख पर्यटकको लागि पूर्वाधार बनाउन निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज बोर्डका निर्देशकसँगको छलफलमा मन्त्री भट्टराईले उपत्यका आसपास क्षेत्रमा पाँच लाख पर्यटक क्षमताको पर्यटन पूर्वाधार पदमार्ग र साइक्लिङ पर्यटनको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिए ।
उनले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिँदै नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगाली र स्पेनी भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गरे ।
पर्यटनमन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न र विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिए । उनले पर्यटन बोर्डका पदाधिकारीलाई कोभिड –१९ को महामारीका समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्वसम्पदा, हिमाल, पदयात्रा, सिमसार, सङ्ग्रहालय, निकुञ्जलगायत भर्चुअल टुरको सामग्री तयार गर्न पनि आग्रह गरे ।
मन्त्री भट्टराई अहिलेको खोजअनुसन्धान, योजना निर्माण प्रतिवेदन तथा पर्यटकीय क्षेत्रका वृत्तचित्रलगायत सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै कोरोनाका कारण पर्यटन व्यवसायी, पर्यटन मजदूरलगायतमा देखिएका समस्या तथा पलायन रोक्नका लागि मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिए ।
उनले विभिन्न देशका रहेका पर्यटन डेस्कलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका सङ्घसंस्थासँग सञ्जाल विस्तार गर्नसमेत आग्रह गरे । मन्त्री भट्टराईले कोभिड– १९ महामारी अन्त्यपछि पर्यटन उत्थानका योजना बनाउनसमेत आग्रह गरे ।
मन्त्री भट्टराईले नेपालमा स्वास्थ्य, शिक्षा र खेलकूद पर्यटनको सम्भावनाबारे अध्ययनअनुसन्धान गर्न आग्रह गरे । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा धनञ्जय रेग्मीले आर्थिक वर्ष २०७६/७७ को प्रगति र ७७/०७८ का कार्यक्रमकाबारे जानकारी दिएका थिए ।

काठमाडौं । पेरुले एकजना पर्यटकका लागि विश्व सम्पदा सूचीमा परेको माछुपिछु सात महिनापछि खुलाएको छ । सात महिनासम्म माछुपिछु भ्रमणका लागि कुरेका जापानी पर्यटकका लागि उक्त क्षेत्र...

काठमाडाैं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कामले तीव्रता लिएको छ। विमानस्थल निर्माणस्थलमा पर्ने रुख कटानका लागि हालसम्म सो क्षेत्रका ५७...

काठमाडौं । बहराइनका राजकुमारलाई नेपालको हिमाल चढ्नका लागि आउन अनुमति पाएका छन् । राजकुमार शेख नसिर बिन हमाद अल खालिफा कोरोनाको प्रकोपकै बेला हिमाल चढ्नको लागि नेपाल आउन लागेका हुन्...

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले...

काठमाडौँ । आजबाट औपचारीक रुपमै होटल व्यवसाय खुल्ने भएका छन् । गत चैत्र ११ गते देखि मुलक पूर्णतः लकडाउनमा गएसँगै बन्द हुनपुगेका नेपाली होटल तथा पर्यटन व्यवसाय लामो समयपछि बिहिबारबाट...

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज तेस्रो पटक अस्टे«लियामा चार्टर्ड उडान गर्दै छ । निगमको वाइड बडी ए३३० जहाजले अष्ट्रेलियाको राजधानी...

काठमाडौं । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गरेको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका...

काठमाडौं । पर्यटन क्षेत्रको रुपमा अत्याधिक सम्भावना रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्यटन पदमार्ग निर्माण कार्य सम्पन्न भएको छ । पर्यटन विकास आयोजना बिराटनगरको ५०...

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने कार्यतालिका...

काठमाडौं । विश्वव्यापी महामारीका क्रममा विदेशबाट फर्केकाहरुलाई राख्न क्वारेन्टाइनका रुपमा होटल उपलब्ध गराउन व्यवसायी सहमत देखिएका छन् । होटल एसोसिएसन नेपालद्वारा सोमबार जारी...

काठमाडौं । नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाजले आज जापानको नारितामा चौथोपटक चार्टर्ड उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित...
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...
काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...
काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...
काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...
काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...
काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...