Monday, 20th September, 2021

वसन्त ऋतुको सबै हिमाल आरोहण सम्पन्न

काठमाडौँ । सन् २०२१ को वसन्त ऋतुको हिमाल आरोहण सम्पन्न भएको छ । पर्यटन विभागले वसन्त ऋतुको पर्वतारोहण सम्पन्न गरी आरोही फर्किने क्रममा रहेको जानकारी दिएको छ।

विभागकी निर्देशक मिरा आचार्यले सगरमाथासहित सबै हिमालको आरोहण सम्पन्न भएको जानकारी दिइन् । ‘अहिले कुनै पनि हिमालको बेस क्याम्पभन्दा माथि कोही पनि हुनुहुँदैन’, आचार्यले भनिन्, ‘वसन्त ऋतुमा सफल आरोहण गरी सबै फर्किने क्रममा रहनुभएको छ।’

विभागमा आरोहणका प्रतिवेदन पेश गर्ने कार्य भइरहेको उनको भनाइ छ। उनले अन्य वर्षको तुलनामा अहिले वसन्त ऋतुको प्रतिवेदन सार्वजनिक गर्न कोभिडको कारण समय लाग्ने बताइन्।

‘विश्वव्यापी महामारीले नेपाललाई धेरै प्रभावित बनाएको समयमा करिब ८० देशका आरोही नेपाल आएका छन्’, आचार्यले भनिन्, ‘महामारीको समयमा आरोहण गराउन अप्ठ्यारो थियो।’ 

उनले महामारीको समयमा पनि विगतका वर्षहरुमा जस्तै यसपटकको आरोहण सहज, सरल र सामान्य रहेको बताइन्।

‘महामारीको समयमा आरोहीलाई सहयोग गर्ने गाइड र आरोहण व्यवस्थापन गर्ने कम्पनीहरुप्रति आभारी छु’, उनले ट्विट गर्दै भनेकी छिन्, ‘मुख्यगरी आइसफल डाक्टर र रोप फिक्सरलाई नमन गर्न चाहन्छु।’

२०२० मा कोरोना महामारीको कारण सगरमाथा आरोही शून्य रहेका थिए। अहिले इतिहासकै धेरै ४०८ जनाले विभागका सगरमाथा हिमाल आरोहणका लागि अनुमति लिएका थिए।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...