Thursday, 13th August, 2020

चिनियाँ वाणिज्य दूतावास बन्द गर्न अमेरिकी आदेश

बेइजिङ  संयुक्तराज्य अमेरिकाले ह्यूस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ। चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पुर्‍याउने भन्दै विरोध गरेको छ ।  

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदै आएको छ। पछिल्लो समय अर्धस्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तीव्र असन्तोष व्यक्त गरेको छ। 

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता चीनले अमेरिका समक्ष आग्रह गरेको बताएका छन्। उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्। 

प्रवक्ता वाङले भने, ‘यो अमेरिकाले एकपक्षीय रुपमा संचालन गरेको राजनीतिक भड्काउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन गर्दछ। साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लंघन हो।’

उनले अमेरिकाबाट भएको यो लज्जास्पद एवं अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौं भन्दै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्ने आशंका व्यक्त गरेका छन् । एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता