Thursday, 13th August, 2020

गुगल र फेसबुकमा पोस्ट हुने समाचारको पैसा मिडियालाई तिर्नुपर्ने

काठमाडौंं । अस्ट्रेलियाली सरकारले गुगल र फेसबुकजस्ता सामाजिक सञ्जालमा पोष्ट हुने समाचारको पैसा सम्बन्धित मिडियालाई तिर्नैपर्ने आचारसंहिता ल्याउने योजना अघि सारेको छ।

बीबीसीका अनुसार समाचारको पैसा तिर्न यी कम्पनीलाई बाध्य पारिनेछ। यो वर्ष कोरोनाका कारण धेरै मिडिया आउटलेटले रोजगारी कटौती गरेका छन् भने कतिपय मिडिया नै बन्द भएका छन्।

फेसबुक र गुगलले भने यो योजनाको कडा विरोध गरेका छन्। उनीहरुले अस्ट्रेलियाको न्युज मार्केट नै छोड्ने चेतावनी दिएका छन्। अस्ट्रेलियाको नियामक निकायले यसको आचारसंहिता समेत बनाइसकेको छ। यसलाई अस्ट्रेलियन संसदमा पेस गरेर छलफल चलाइने भएको छ।

यसको कार्यान्वयन नगरे यी कम्पनीमाथि लाखौँ डलर जरिवाना गरिने व्यवस्था समेत रहेको बताइएको छ। अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्जुमर कमिसनले आचारसंहिताको मस्यौदा बनाएको हो।

यसले मिडिया कम्पनीलाई प्रविधि कम्पनीमा प्रकाशित हुने समाचारहरुबारे छलफल र सहकार्य गर्न अनुमति दिनेछ। यदि यस्तो छलफलमा कुरा नमिले अस्ट्रेलियन कम्युनिकेसन एन्ड मिडिया अथोरिटीले मध्यस्थता समेत गर्न सक्नेछ।

जरिवाना रकम १ करोड अस्ट्रेलियन डलरसम्म तोकिएको छ। यदि प्रविधि कम्पनीले उल्लंघन गरे उक्त रकम वा कम्पनीको स्थानीय कारोबारको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्नेछ। यो आचारसंहिता संसदमा पेस हुनुअघि महिनौँ लामो परामर्श हुनेछ। यदि यो संसदबाट पास भए प्रविधि कम्पनीहरुले समाचारजन्य विषयवस्तुको सम्बन्धित मिडियालाई पैसा तिर्नु पर्नेछ । बीबीसी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार














स्वास्थ्य/शिक्षा

काठमाडौं । पर्साको वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको...


काठमाडौंं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका...


काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...


काठमाडौंं । महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ...


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले लकडाउन खुलेसँगै रोकिएका परीक्षा...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...


अन्तरवार्ता