Sunday, 25th October, 2020

२३८ दिनको भोक हड्तालपछि इब्रु तिम्तिकको निधन

काठमाडौं । २३८ दिन भोक हड्ताल बसेकी इब्रु तिम्तिकको निधन भएको छ। टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षीया उनको मृत्यु बिहीबार स्तानबुलमा भएको हो। 

पेशाले कानुन व्यवसायी तथा मानव अधिकारकर्मीसमेत रहेकी तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको हो। उनलाई टर्किेस फासिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो। 

परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो। 

टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल गर्दै यो वर्षमात्रै चर्चित जनगायिका हेलिन बोलेकलगायत चारजनाले सहादत प्राप्त गरिसकेका छन्। एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


काठमाडौं । आज फूलपातीको दिन पछिल्लो २४ घण्टामा ४ हजार ४९९ जनामा कोरोना...


काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु...


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)लाई महामारीको रुपमा लिएको ६ महिना...


काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...