Saturday, 26th September, 2020

भारतलाई चीनको सीमाबाट सेना फिर्ता गर्न चेतावनी

काठमाडाैं । चीनले भारतलाई आफ्ना सेनालाई उक्साउने काम नगर्न चेतावनी दिएको छ । चीनले उत्तेजक कारवाही रोक्न र वास्तविक नियन्त्रण रेखा (एलएसी)को उल्लंघन गरेका सैनिकहरूलाई तुरुन्त फिर्ता लिन आग्रह गरेको छ ।

ग्लोबल टाइम्सकाअनुसार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनइङ्गले मंगलबार प्रेस ब्रिफिङमा यस्तो बताएकी हुन् । उनले चीनले कुनै देशको एक इन्च जग्गा पनि कब्जा नगरेको दाबी गरेकी छन् । 

उनले भनिन्, ‘चीनले कहिले पनि कुनै द्वन्द्व उत्पन्न गरेको छैन । न त चीनले कुनै देशको एक इन्च जग्गा कब्जा गरेको छ । चिनियाँ सेनाले कहिले पनि एलएसी रेखालाई पार गरेको छैन । सायद त्यहाँ सञ्चारको मुद्दा हुनसक्छ ।’

यस अघि भारतको चिनियाँ दूतावासले पनि भारतीय सैनिकले वास्तविक नियन्त्रण रेखा (एलएसी) मा बिभिन्न ठाउँहरुबाट अवैध रुपमा सीमा पार गरेको बताएको थियो ।

दूतावासले भनेको छ, ‘चीनले भारतलाई औपचारिक रुपमा सीमा सेनालाई नियन्त्रण गर्न आग्रह गरेको छ । एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...