Saturday, 26th September, 2020

टोरन्टोमा अन्धाधुन्ध गोली प्रहारमा ६ जना घाइते

काठमाडाैं । सेन्ट्रल टोरन्टोमा भएको गोली प्रहारको घटनामा एक महिलासहित ६ जना घाइते भएका छन्। एउटा गाडीमा आएका आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको प्रहरीले जनाएको छ।

टोरन्टो पुलिसका इन्सपेक्टर टिम क्रोनका अनुसार इग्लिन्टन् एभेन्यु वेष्टस्थित वोक्उड र मार्ली एभेन्युको बीचमा संचालित ‘स्पेन्जस् बेकरी’ मा बुधबार उज्यालो नहुँदै २ बजेतिर घटना भएको हो। घटनामा सिकिस्त घाइते भएकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

बेकरीमा ग्राहकहरुको उल्लेख्य उपस्थिति रहेको अवस्थामा घटना भएको बताइएको छ।एउटा गाडी बेकरीको अघिल्तिर आएर रोकिएको अनि एक वा त्यसभन्दा बढी व्यक्तिहरुले बेकरीतिर लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ।

बाहिर हुरी चलिरहेको अवस्थामा त्यसबाट जोगिन कतिपय मानिसहरु बेकरीभित्र छिरेकाले त्यहाँ घटनाका बेला मानिसहरुको संख्या निकै भएको बताइएको छ। आक्रमणकारीले बेकरीभित्र लक्षित गरी अन्धाधुन्ध गोली चलाएको प्रहरीले बताएको छ।

घाइतेमध्ये चारजनालाई ट्रमा सेन्टरमा राखिएको छ भने अरु दुईजनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। घटनाबारे अनुसन्धानमा जुटेको टोरन्टो प्रहरीको टोलीले घटनास्थलको अध्ययन र प्रत्यक्षदर्शीहरुको बयान लिने काम गरिरहेको जनाएको छ। एजेन्सी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार











स्वास्थ्य/शिक्षा

काठमाडौँ । पछिल्लो २४ घन्टामा मंगलबार थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि...


काठमाडौं । आज देशभर गत २४ घण्टामा १,३५४ जना डिस्चार्ज भएका छन् भने हालसम्म...


काठमाडाैं । बुधबार थप एक हजार १२० जनामा कोभिड १९ पुष्टि भएको छ। योसँगै...


काठमाडाैं । जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको...


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोरोना...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...