Wednesday, 2nd December, 2020

कोरोना संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि लकडाउन भएको छ ।कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले दोस्रोपटक लकडाउनको घोषणा गरेका हुन् ।

कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो । त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि म्याक्रोँले टेलिभिजन सम्बोधन गर्दै शुक्रबारदेखि लागू हुने गरी पुनः लकडाउनको घोषणा गरेका हुन् ।

फ्रान्स र जर्मनीमा पुनः लकडाउनको घोषणा गरिएको छ । फ्रान्सको भन्दा जर्मनीको लकडाउन केही खुकुलो हुने भए पनि दुवै देशमा फेरि लकडाउन घोषणा भएको हो ।

युरोपमा अहिले कोरोना भाइरस महामारीको दोस्रो लहर तीव्र गतिमा बढ्दो छ । विज्ञहरुले यो पटक महामारीको विगतको उच्चतम विन्दुमा चाँडै पुगिने भन्दै चिन्ता व्यक्त गरेका छन् ।


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...