Tuesday, 1st December, 2020

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ ।अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।

सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगे लगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो । आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ ।

राष्ट्रसंघीय आप्रवास संगठन आइओएमले पछिल्ला केही सातादेखि फ्रान्सको केनरी द्वीप पुग्ने लालशामा धेरै डुंगा सेनेगलबाट प्रस्थान गरेको जनाएको छ । गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए, तर झण्डै एक तिहाई डुंगामा समस्या आएको थियो ।

युरोप प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि सेनेगलका तटीय इलाकाहरु निकै सक्रिय हुने गरेका छन् । तर पछिल्ला समयमा सेनेगलवासीहरु ट्युनिसिया वा लिबियाको स्थलमार्ग हुँदै युरोप प्रवेश गर्न थालेका छन् । रासस/एपी 


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारी बढिरहेको छ । मृत्यु र संक्रमित...


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खर्च व्यहोर्न नसक्ने...


काठमाडौं । जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...