Monday, 25th October, 2021

टर्कीमा ७ रेक्टर स्केलको भूकम्पले ४ जनाको मृत्यु

काठमाडौं । शुक्रबार टर्कीमा शक्तिशाली भूकम्पको कम्पन महशुस गरिएको छ। अमेरिकी जियोलोजी सर्वेका अनुसार ७ रेक्टर स्केलको भूकम्पले टर्की हल्लिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हालसम्म भूकम्पमा परी कम्तिमा ४ जनाको मृत्यु भएको र १२० जना घाइते भएको जनाएका छन्।

टर्कीको तेस्रो ठूलो शहर इजमिरमा भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको बताइएको छ। तटीय शहर इजमिरमा कम्तिमा ६ वटा भवन भत्किएको टर्कीका गृहमन्त्रीले जनाएको रोयटर्सले जनाएको छ।

अधिकारीहरुले भूकम्पपछि सुनामी पनि आउन सक्ने चेतावनी दिएका छन्। उता भूकम्पको झट्का ग्रीस र एथेन्ससम्म महशुस गरिएको जनाइएको छ। ग्रीसमा पनि भूकम्पले क्षति गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। ग्रीस सरकारले सामोस द्वीपका ४५ हजार मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको जनाइएको छ।

टर्की विश्वका भूकम्पीय उच्च जोखिममा पर्ने मुलुक मध्ये एक हो। यसअघि १९९९ मा ७ दशमवल ६ रेक्टर स्केलको भूकम्पले टर्कीमा १७ हजार मानिसको मृत्यु भएको थियो। एजेन्सी


सबै पर्तिकृयाहरु
सम्बन्धित समाचार










स्वास्थ्य/शिक्षा

काठमाडौं । सरकारले आगामी असार १ गतेदेखि नयाँ शैक्षिक सत्रको...


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...


काठमाडौं । बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको...


काठमाडौं । पछिल्लो २४ घण्टामा तीन हजार ५१७ जना कोरोना संक्रमित थपिएका...


काठमाडौँ । कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि...


कला/साहित्य

काठमाडौं । डा. रेणुका (सोलु)को उपन्यास ‘चिराक’ बजारमा आएको छ । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाए लेखिएको उपन्यास ‘चिराक’ शनिवार प्रज्ञा भवन कमलादीमा विमोचन गरिएको हो...


काठमाडौं । पत्रकार नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ भोलिदेखि बजारमा उपलब्ध हुनेछ। दुईवटा सफल उपन्यास दिइसकेका वाग्लेको यो तेस्रो गैर अखवारी कृति हो ।...


काठमाडौं। सुकेधाराबाट देब्रे मोडिएर अलि मास्तिर उक्लिनुपर्छ । एउटा कालो रङको गेट आउँछ । तीनतले घरमा हल्लाखल्ला केही सुनिँदैन । अक्सर दुर्लभ नै भेटिन्छन्, काठमाडौंमा यस्ता घर । बेलायतको...